एकै दिन ८ सयले घट्यो सुन, कति छ आजको मूल्य ?


नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन ८ सयले घटेको हो ।

आइतबार स्थिर रहेको सुन सोमबार ७ सयले बढेको थियो ।

गत हप्ता आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । बुधबार ९ सयले घटेको थियो । यस्तै विहिबार १ सयले बढेको सुन शुक्रबार पनि १ सयले नै बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार १ सय र तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम रहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी १ हजार ३०० रुपैंयाँमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button