निर्वाचन आयोगले बहुमतको सर्वोत्कृष्ट सिद्धान्तलाई मज्जाक उडायो ः मन्त्री योगेन्द्र यादव ।


ओम प्रकाश यादव जेठ ३१ गते, रौतहट ।

उपेन्द्र यादव पक्षका जनता समाजवादी पार्टीका नेता एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यवाही नगरेको प्रति आपत्ति जनाएका छन ।

उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारीक पार्टीको मान्याता नदिएर निर्वाचन आयोगले बहुमतको सर्वोत्कृष्ट सिद्धान्तलाई मज्जाक उडाएको कृषि राज्य मन्त्री यादवले बताएका हुन ।सामाजिक सञ्जाल फेसबुकमा सटाटस लेख्दै मन्त्री यादवले यस्तो बताएका हुन ।

जनता समाजवादी पार्टी (जसपा) मा साविककै पदाधिकारीहरुलाई कायम राख्ने गरी निर्वाचन आयोगले हिजो निर्णय सुनाएपछि उपेन्द्र यादव पक्ष रुष्ट बनेको छ । जसपाका दुवै अध्यक्ष यादव र ठाकुरले एक अर्कालाई कार्यवाही गर्दै पार्टीको आधिकारीक मान्याता दिन माग गरेको थियो ।

तर जसपाका दुबै पक्षको निवेदनलाई आइतबार निर्वाचन आयोगले अमान्य घोषित गर्दै ठाकुर र यादव दुबै अध्यक्ष रहेको साविककै पदाधिकारीलाई ब्युँताइदिएको छ ।

कृषि राज्य मन्त्री यादवले पार्टीको केन्द्रीय र कार्यकारीणी समितिमा उपेन्द्र यादवको पक्षमा पुर्ण बहुमत हुँदाहुँदै आयोगले साविककै पदाधिकारीहरुलाई कायम राख्ने निर्णय गरेर लोकतान्त्रिक विधि र प्रकृयाको खिल्ली उडाएको आरोप लगाएका छन ।

आफूहरुले जसपाका अध्यक्ष ठाकुर सहित चारजनालाई पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐनको आधारमा कानुनसम्मत कारवाही गरेको बताउँदै उनले आइतवार अचानक आयोगबाट यस्तो निर्णय आएकोमा आफूहरु दुःखी भएको बताए ।

उनले भने, ‘यो निर्णय हेर्दा निर्वाचन आयोगले कसैको दबावमा यस्तो निर्णय गरेको प्रष्ट हुन्छ ।’केन्द्रीय र कार्यकारीणी समितिमा यादवको बहुमत छ त्यसैले आयोगले बहुमतको आधारमा पार्टीको आधिकारीक मान्याता उपेन्द्र यादव नेतृत्वको जसपालाई नै दिनुपथ्र्यो तर साविककै पदाधिकारीलाई कायम राख्ने निर्णय गरेर बहुमतको सिद्धान्तलाई खिल्ली उडाएको मन्त्री यादवको टिप्पणी छ ।आयोगको यो निर्णयलाई पार्टीले गम्भिर रुपमा लिएको बताउँदै मन्त्री यादवले पार्टीमा यसबारे छलफल गरेर चाडै निर्णय लिने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button