काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? अब दुई वटा रूख अनिवार्य रोप्नुपर्ने !


काठमाडौं कंक्रिटको जंगल काठमाडौंमा माहानगरपालिकाले बल्ल घर बनाउँदा रुख रोप्नु पर्ने विषयलाई तदारुकता देखाएको छ । तीन दिन अघि काठमाडौ प्रदुषणले आपकालको तह पार गरेपछि माहानगरपालिका तातेको हो । घरैघरको जंगल काठमाडौं हरियाली कमै देखिन्छ ।

रुख विरुवा रोप्ने कामपाको योजना यत्तिकै थन्किएको छ । स्थानिय रुखहरु करिब करिब लोप भइसकेको स्थिति छ । सडकका छेउछाउ सबै आयातित विरुवाहरुले ढाके । त्यो पनि संरक्षण नपाउँदा लाखौरुपैया खर्च खेर गएको छ ।

महानगरलाई हरियाली बनाउन घर निर्माण गर्दा कम्तिमा दुईवटा विरुवा लगाउनै पर्ने नियम अघि सारेको काठामाडौं माहानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनका अनुसार वातावरण प्रदुषण कम गर्न सघाउ पुग्ने छ । 


काठमाडौं महानगरपालिकाले बोट विरुवा प्रवर्द्धनको लागि नीति नै नबनाएको हैन । तर, नीति कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका जिम्मेवारी भने पुरा गर्न अघि सर्दैन । 

कामपाको नियम अनुसार एक घरमा दुई वटा विरुवा नभई भवन निर्माण  सम्पन्न भएको प्रमाणपत्र नदिईने भएको छ । तर, अझै यो नियम बाध्यकारी भने बनाइएको छैन । 

२ पैसा जग्गामा पनि घर बनाउन अनुमति दिने नियम भएकोले २ वटा बोटविरुवा लगाउन संभव नहुने देखिएको छ । यसैको लागि वैकल्पिक व्यवस्था दिइएको प्रवक्ता डंगोलको टिप्पणी छ । 
काठमाडौंका घरधनीले दुईवटा विरुवा नरोपे ५ ओटा गमलामा विरुवा देखाए घर निर्माण पास दिइने भएको छ । 

माहानगरको यस्तो नियमले कम क्षेत्रफलको जग्गामा घर निर्माण गर्नेलाई पनि कौसीमा गमला रोपेर देखाउँदा निर्माण सम्पन्न भएको प्रमाण  मिल्ने छ । काठमाडौमा धेरैलाई कोसीमा गमलामा विरुवा लगाउन सहज छ । यस्तो प्रवृति बढ्दै गएको पनि । महानगरको यस्तो अवधारणाले स्वच्छ वातावरण बनाउन केही सघाउ पुग्ने विस्वा भएको प्रवक्ता डंगोलले बताए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button