भोलिदेखि काँग्रेसको पालिका अधिवेशन सुरु हुँदै


काठमाडौं, ८ असोज । नेपाली काँग्रेसले असोज ९ गते शनिबारदेखि पालिका अधिवेशन गर्ने भएको छ ।

शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकैपटक गर्ने प्रस्ताव गरेका थिए ।

तर, पदाधिकारी बैठकले भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो । १३ जिल्लाका क्रियाशील सदस्यको चाँडै सार्वजनिक हुने प्रवक्ता शर्माले बताए


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button