रौतहटमा चुनावको तयारी तीव्र : ४ सय ८१ मतदान केन्द्र कायम


रौतहट ।  सरकारले निर्धारण गरेको मितिमै चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले तीव्र रुपमा तयारी थालेको छ । सो अन्तर्गत आज देशभरीका सबै स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन भएको छ ।
निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत रौतहटको सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार माघ १५ मतदाता नामावली तथा सोस“ग सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दाशले जानकारी दिए ।

जिल्लामा रहेका एक लाख ६२ हजार दुई सय ७४ महिला, एक लाख ९८ हजार तीन सय पैंसठी पुरुष र तेश्रो लिंगी एक जना गरी तीन लाख ६० हजार ६ सय ४० जना मतदाताहरुको नामावली प्रकाशन भएको छ । 
अद्यावधिक र दाबी विरोध कार्यक्रम सम्पन्न भएपश्चात मतदाताहरुको अन्तिम नामावली टुंगो लाग्ने निर्वाचन अधिकारी दासले बताएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button