(नेकपा) प्रचण्ड माधव समुहको कार्यकर्ता भेला जनकपुरमा सम्पन्न
स्मृति मिश्रा
आज २०७७ पौष २६ गते जनकपुरधाममा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेटघाट कार्यक्रम सुसम्पन्न भएको छ।
केन्द्रीय कमिटी सदस्य तथा धनुषा जिल्ला संघर्ष समितिका संयोजक कमरेड सुधीर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य क.नागेन्द्र चौधरी, क.श्रवण बरबरिया, क.शत्रुघन महतो, क. श्रीप्रसाद साह, क.यदुवंश झा, क. रवीन्द्र बैठा, क. रत्नेश्वर गोईत, क.बोधमाया यादव, क.रामकुमार शर्मा,प्रदेश कमिटी सदस्यहरू क.योगेन्द्र यादव, क. झल्कु यादव, क.उदय बरबरिया, क.चन्द्रदेव राउत, क. कालीचरण साह लगायत पार्टीका विभिन्न कमिटीका कमरेडहरु र पार्टी सम्बद्ध विभिन्न जनवर्गीय संगठनका नेता कमरेडहरुको उपस्थिति रहेको थियो।कार्यक्रम सञ्चालन पार्टी जिल्ला सचिव तथा प्रदेश कमिटी सदस्य कमरेड दीपक यादवले गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कमरेडले पार्टीको विधि,विधानलाई कहिल्यै नमान्ने सर्वसत्तावादी प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध पार्टीका अधिकांस नेता,कार्यकर्ताको पंक्ति रहेकोले पार्टीको नाउँ र चुनाव चिन्ह सूर्य छाप हामीले नै पाउने कुरा कार्यकर्ता माझ राख्नु भयो।