जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुनेजनकपुरधाम ।


जनकपुरधाममा अगामी माघ १५ गतेदेखि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्टस जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रंगभुमी मैदान बाह्रविघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशंकर साहले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागि हुने छन् ।

करिव १६ वटा टिमलाई चार समुहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता हुने छन् । सो भन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागि गराइने आयोजक साहले बताए ।

डिउज बलले हुने खेल २० ओभरको खेलाइने छन् । प्रतियोगितामा खेलाडीहरुको प्रोत्साहनको लागि सबै विद्यामा पुरुस्कारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकास प्राप्त गरेका नविन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए ।

खेलले स्वास्थ्य र मानसिक रुपमा स्वस्थ्य बनाएको हुनाले बालबालिकालाई खेल अनिवार्य गर्नुपर्ने उनको जिकिर छ । पुरुस्कारको विषयमा तय नभएको र पछि आयोजक टिमले उचित व्यवस्था गरिने छन् । खेलमा सहभागि हुने टिमसँग न्युनतम शुल्क पनि लिइने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button