कस्तो छ शुक्रवार सुन र चाँदीको बजार भाउ ?

साताको अन्तिम कारोबारदिन शुक्रवार सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ


साताको अन्तिम कारोबारदिन शुक्रवार सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बिहीवारको तुलनामा छापावाल सुन शुक्रवार ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँ प्रतिोलामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button