आज ७० औं जन्मदिन मनाउँदै प्रधानमन्त्री ओली
![](https://natrajtimes.com/wp-content/uploads/2020/12/Saujanya-pmphoto1-1024x683-1-780x470.jpg)
काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। ओली स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।
गतबर्ष आफ्नो जन्मघर तेह्रथुममा जन्मदिन मनाउँने क्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आलोचना भएको थियो ।
त्यस्तै, जन्मदिन समारोहमा राजसी शैली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको समेतत टिप्पणी भएको थियो ।
![](https://natrajtimes.com/wp-content/uploads/2020/12/99299337_254669725884200_5682284574906777600_o-5-1024x731.jpg)