प्रधानमन्त्रीको सपथ बदर गरी पूनः सपथ गर्न/गराउन जसपाको माग


काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै लिएको सपथले राष्टपति र प्रधानमन्त्री पदको मर्यादामा आँच आएको भन्दै पूनः सपथ गराउन माग गरेको छ ।

आज जसपाका अध्यक्ष यादवले विज्ञप्ती निकालेर यस्तो माग गरेका हुन् ।

उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ-‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ।

त्यस्तै, कोरोनाको दोस्रो लहरले जनता आक्रान्त भएको भन्दै सरकारले यथाशक्य चाँडो स्वास्थ्योपचारको बन्दोबस्द गर्नुपर्ने पनि माग गरेका छन् । अक्सिजन, भेन्टिलेटर उपलब्ध गराउनपनि यादवले सरकारसमक्ष माग गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button