धनुषाधाम नगरपालिकाले ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नारासहित ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ।


धनुषाधाम नगरपालिकाले ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नारासहित ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ।मंगलबार नगरपालिकामा एक कार्यक्रम आयोजना गर्दै महिला दिवस मनाएको हो।

उक्त कार्यक्रममा बोल्दै धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्या देवी भुजेलले नेतृत्व तहमा महिलाको सन्तोषजनक उपस्थिति नरहेको बताइन्।

उनले स्थानीय सरकारको नेतृत्वमा समेत महिलाहरूको उपस्थिति कम रहेको बताउँदै १८ जना महिलाले स्थानीय तहको नेतृत्व गरेको जानकारी दिइन्।

‘महिलालाई अझै पनि नेतृत्व तहमा पुग्न नदिने विभिन्न बाधाहरू छन्, त्यसलाई हटाउनुपर्छ,’ उनले भनिन्।

कार्यक्रमको अध्यक्ष्ा नगर उप प्रमुख विद्या देवी भुजेल तथा प्रमुख अतिथि नगर प्रमुख बालेश्वर मण्डल रहनु भएका थिए ।

कार्यक्रममा बोल्दै नि.प्रमुख प्रशासकीय अधिकृत सन्जिप दास नेपालले महिला अधिकार नारामा मात्रै सीमित रहेको भन्दै राज्यले महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने धारणा राख्नु भयो ।

वडा न.४ का वडा अध्यक्ष प्ररिक्ष्ण यादवले भने नेतृत्व गर्न सक्षम महिला चाहिने भएकाले महिलाहरूले पनि सक्षम बन्नेतर्फ ध्यान दिनुपर्ने उनले औँलाए।

कार्यक्रममा वडा ३ का अध्यक्ष राज किशोर साह ,२ का प्रभु नारायण साह,स्वास्थ्य शाखा संयोजक हरि नारायण महतो,सह संयोजक राम कृष्ण यादव,शिक्षा शाखा प्रमुख धिरेन्द्र साह,कृषि शाखा प्रमुख प्रेम यादव,शालिना,मनिषा यादव, ९ बौ वडाका महिला,महिला स्वयंसेविका स्थानीय बुद्धिजीवी नागरिक समाज लगाई पाच सयभन्दा बढीको सहभागिता रहेको थियो।

सहभागीहरूले महिला अधिकार नारामा मात्रै सीमित रहेको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button