एसइई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै
काठमाडौँ । कोभिड–१९ का कारण स्थगित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनको विषयमा दुई हप्ताभित्र निर्णय हुने भएको छ ।
आज आयोजित भर्चुअल छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले कार्यदलको सुझाव अनुसार एक दुई हप्ताभित्र एसइईबारे निर्णय गरिने जानकारी दिनुभयो ।
उहाँले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिक सत्र सञ्चालन गर्न सक्ने पनि बताउनुभयो । कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्ने व्यवस्था छ ।