निर्वाचन आयोग पनि सत्तापक्षतिर नै ढल्कियो, प्रभावकारी भूमिका निर्वाह गर्न सकेन ः मन्त्री योगेन्द्र यादव



ओम प्रकाश यादव
जेठ २ गते, रौतहट ।
जननता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका प्रभावशाली युवा नेता एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले निर्वाचन आयोग सत्तापक्षतिर ढल्किएको बताएका छन ।
निर्वाचन आयोग सरकारको कठपुतलि भएको समेत मन्त्री यादवले आरोप लगाएका छन ।
जसपाका अध्यक्ष महन्थ ठाकुर पार्टीको हित विपरीतको गतिविधि गरेको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले ठाकुर पक्षलाई कार्यवाही गर्दै पुर्ण बहुमतका साथ पार्टीको आधिकारीक मान्याता आफुलाई नै दिन निर्वाचन आयोगसँग माग गरेको थियो ।


महन्थ ठाकुरले पनि आफुसँग बहुमत रहेको भनी मान्याता दिन माग गरेको थियो । तर महन्थ भन्दा पार्टीको कार्यकारीणी र केन्द्रिय समितिमा उपेन्द्र यादव पक्षको पुर्ण बहुमत छ त्यसैले आयोगले बहुमतको आधारमा यादव समुहलाई नै पार्टीको आधिकारीक मान्याता दिनुपथ्र्यो ।


तर जसपाका दुबै पक्षको निवेदनलाई आइतबार निर्वाचन आयोगले अमान्य घोषित गर्दै ठाकुर र यादव दुबै अध्यक्ष रहेको साविककै पदाधिकारीलाई ब्युँताइदिएको छ ।
जसपा नेता योगेन्द्र यादवले निर्वाचन आयोगको सो निर्णप्रति कडा आपत्ति जनाएका छन ।


जसपामा बहुमत केन्द्रीय कार्यकारीणी सदस्य रहेका नेता योगेन्द्र यादवले लोकतन्त्रमा बहुमतलाई मान्यता दिने प्रणाली नै ध्वस्त हुन लागेको बताएका छन् ।


कृषि राज्य मन्त्री यादवले लोकतन्त्रमा, दलीय व्यवस्थामा जहाँपनि बहुमतको निर्णय मान्य हुने बताउँदै अहिले बहुमतको निर्णय मान्य नहुने निर्वाचन आयोगको ठहर गलत रहेको बताए ।
आयोगको निर्णय निष्पक्ष नभएको बताउँदै मन्त्री यादवले आयोगको निर्णय क्षमता र स्वच्छ भूमिकामाथि प्रश्न उठाएका हुन ।
उनले आयोगले सेटिङमा सो निर्णय गरेको भनेर धेरै मान्छेहरुले भन्ने गरेको बताउँदै आयोग कतै सेटिङबाट त चलिरहेको छैन भन्दै प्रश्न गरे । सत्तापक्षको दबाब वा प्रभावमा परेर आयोग यस्तो निर्णय गरेको हुन सक्ने आशंका गरिएको उनले बताए ।
उनले पछिल्लो समय निर्वाचन आयोगको काम सन्तोषजनक नभएको उल्लेख गरे । उनले भने यो त वादी र प्रतिवादी दुबै दोषी हुन्, मिलेर बस्नु भनेजस्तै भयो ।’
उनले अघि थपे आयोगको सरकारप्रति झुकाव भएको देखिन्छ । सर्वसाधारणको धारणा पनि त्यही छ । आयोगको काम गराई पनि त्यस्तै देखिन्छ । नेकपा विवादको निकास नदिँदा दुईवटा पार्टी बन्न गयो । एमालेको माधव नेपाल पक्षले गरेको निवेदनमा पनि निर्णय दिन सकेन । अहिले जसपामा पनि उपेन्द्र यादवको पक्षमा बढी केन्द्रीय सदस्य छन्, बहुमत भएकालाई पनि मान्यता नदिने भएको छ ।
तत्कालीन नेकपा विवादमा आफ्नो प्रभावकारी भूमिका र कार्यकुशलता देखाउन नसकेको निर्वाचन आयोग अहिले फेरि जसपाको मामिलामा विवादित बनेको मन्त्री यादवले बताए ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फुटेको तत्कालीन नेकपा विवाद समयमा सल्ट्याउन नसकेको आयोग अहिले फेरि यस्तै प्रकृतिको अर्को मुद्दामा फैसला गर्दा आलोचित बनेको उनको धारणा छ ।
आयोगले जनता समाजवादी दलको विवाद हल गर्ने भन्दा पनि विवादलाई कायमै राख्ने किसिमको निर्णय गरेको भन्दै मन्त्री यादवका साथै विभिन्न पक्षले आलोचना समेत गरेका छन् ।
बहुमत कार्यकारी सदस्यले गरेको निर्णयलाई आयोगले वैधता नदिएको भन्दै उपेन्द्र यादव पक्ष सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारीमा रहेको मन्त्री यादवले जानकारी दिए ।
तत्कालीन नेकपा विवादको निर्णय गर्न आलटाल गरेर आलोचित बनेको आयोग अहिले फेरि जसपा विवादमा बहुमत पक्षको निर्णय कार्यान्वयन नगरेर नेकपा प्रकरणमा जस्तै आलोचित बनेको छ । जसपाबारे आयोगले गरेको निर्णय नेकपा भाग –२ जस्तो देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button