मन्त्री परिषदको विस्तार, काँग्रेसबाट तीन मन्त्रीले लिए सपथ


जनकपुरधाम, जेठ २६ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गर्नु भएको छ ।

आजै साझ नेपाली काँग्रेस बाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गर्नु भएको हो ।

नव नियुक्त मन्त्रीहरुमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र विरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले आजै सपथ ग्रहण गराउनु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button