प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको अन्तिम फैसला आज, सुरक्षा निकाय हाई अलर्ट मा


२८ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।सर्वोच्च अदालत वरपर र मुख्य चोक-चोकमा हतियारसहितका प्रहरीको टोली खटाइएको छ ।

सर्वोच्च अदालतको मुख्य गेट बाहिर र भित्र पनि सुरक्षाकर्मीहरुको संख्या अघिल्ला दिनहरुको तुलनामा धेरै देखिएको छ ।

नेपाल प्रहरीका एक जना अधिकृतले सर्वोच्च अदालतबाट रिटको पक्ष वा विपक्षमा जस्तो फैसला आए पनि सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको बताए ।

सर्वोच्च अदालतको मुख्य गेटमा तैनाथ सुरक्षाकर्मीहरुले आगन्तुकलाई केरकार गरेर मात्रै भित्र प्रवेश दिने गरेका छन् ।

‘सर्वोच्चको गेटमा ड्युटीमा खटिएका प्रहरीले आगन्तकुलाई सोधपुछ गर्नु नियमित जस्तै हो, तर आज अलि धेरै नै कडा गरिएको रहेछ,’ एकजना कानुन व्यवसायीले भने ।यसअघि संसद विघटन बदरको फैसला सुनाउने दिन पनि सुरक्षा तैनाथी बढाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button