धनुषाको शहिदनगरमा अन्तरघाती भए काँग्रेसका यादव ?


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा आसन्न स्थानीय तहको चुनावमा काँग्रेसका एक नेताले पार्टीसँग अन्तरघात गरेको आरोप लगाएका छन् ।

शहिदनगर नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा उम्मेदवारी दिई पराजित भएका सुधिर कुमार गोईतले काँग्रेसकै एक महाधिवेशन प्रतिनीधिको फोटो साझा गर्दै व्याँगात्मक अन्तरघातको सँज्ञा दिएका छन् ।

शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरण बस्ने एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि सत्रुध्न यादवले पार्टीसँग अन्तरघात गरी अन्य पार्टीलाई भोँट फ्लो गरेको आरोप व्याँगात्मक तवरले साझा गरेका छन् ।

मेयरका प्रत्यासी सुधीर कुमार गोईतले आफ्नो फेसबुक पेजमा लेखेका छन्ः–“धनुषाको सहिदनगर नगरपालिका मा छ्ता छाप जितेको र जिताउन सफल भएको नेपाली काग्रेस को महाधिवेशन प्रतिनिधि शत्रुधन यादव खुसीमा रमाउनु भएको झलक” तल उनले महाधिवेशन प्रतिनीधि यादवको तस्विर जसपाका एक नेतासँग राखेका छन् ।

शहिदनगरमा महाधिवेशन प्रतिनीधि रहेका सत्रुधन यादवले काँग्रेसभित्र अन्तरघात गरी जनता समाजवादी पार्टीलाई भोँट दिएको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टीबाट दिनेश प्रसाद यादवले काँग्रेसलाई १ हजार ६ सय ३८ भोँटले पछाडी धकेल्दै निर्वाचित भएका हुन् ।

शहिदनगरमा माओवादीसँग टक्करमा रहँदै आएको तथा शहिदनगरमा बलियो सँगठन मानिएको काँग्रेसलाई भारी मतान्तरले पराजीत हुनु अन्तरघात भएको ठहर गरिएको छ ।

तस्विरमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि सत्रुधन यादव जनता समाजवादी पार्टीबाट वडा नं. ६ मा वडाध्यक्षमा विजयी भएका उमेश निरालासँगको तस्विरलाई शेयर गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button