प्रदेश २ को प्रदेश प्रमुख पदमुक्त, हरिशंकरलाई नियुक्त गर्न सिफारिस


काठमाडौं : सरकारले प्रदेश २ को प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राजेशझालाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो।

तर, राजेश झाले आफू पदमुक्त भएको आधिकारिक जानकारी नआएको बताएका छन्। उनले भने, ‘ मलाई आधिकारिक जानकारी आएको छैन, हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको हो भने बधाइ तथा शुभकामना ।’

राजेशझालाई केपी शर्मा ‌ओली नेतृत्वको सरकारले प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button