नेप्सेमा दैनिक कीर्तिमान कायम


काठमाडौं, माघ ४ । नेप्सेमा दैनिक कीर्तिमान कायम हुँदै गएको छ ।

नेप्से दोहोरो अंकले उकालो लागेर २३ सय माथी पुगेको छ ।

कारोबार पनि झण्डै साढे ६ अर्ब बराबर पुगेको छ ।

उतारचढा बिच नेप्से २८ अंकले उकालो लागेर २३ सय १५ पुग्यो ।

यसदिन कारोबार भएका अधिकाशं समुहमा सुधार आयो ।

जलविद्युत समुह सामान्य अंकले घटे बाहेक अरु सबै समूह सकारात्मक रहेका हुन् ।

व्यापार समुह सबैभन्दा उच्च २३२ अंकले उकालो लाग्दा जीवन बिमा समुह २ सय २१ अंकले उक्लियो ।

यसदिन १ सय १८ कम्पनीको शेयर मुल्य बढ्दा ५२ कम्पनीको शेयर मुल्य घट्यो ।

यसदिन साल्ट टे«डिङका शेयरधनीले सबैभन्दा बढि कमाउदा युनाईटेड फाईनान्सका शेयरधनीले सबैभन्दा बढि गुमाउन पुग्यो ।

यसदिन २ सय ८ कम्पनीको १ करोड १५ लाख कित्ता शेयर ६ अर्ब ३७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button