शहिदनगरको धबौलीमा वाईसियल वाडा कमिटी गठन ।


नटराज टाईम्स , जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न वडामा वाईसिएलको सँगठन विस्तार कार्य तीब्र पारिएको छ ।

विगत केही दिनदेखि शहिदनगर नगरपालिकाको विभिन्न वडामा जम्बो कार्य समिति तयार पार्ने क्रम जारी रहेको छ ।

नेकपा माओवादी केन्द्रको युवा सँगठन योँग कम्यूनिष्ट लीग (वाईसिएल) को सँगठन विस्तारले शहिदनगर वाईसिएलमय बनेको छ ।

वडा नम्बर १ देखि वडा नं. ९ सम्मको विभिन्न वडामा वाईसिएलको जम्बो कार्य समिति चयन गर्ने क्रम अझै जारी छ । नेकपा माओवादी केन्द्रप्रतिको झुकावमा देखिएका युवाहरुले वाईसिएल रोज्ने गरेका छन् ।

यसअघि नै विभिन्न वडामा वासिएलको वडास्तरीय कार्य समिति गठन गरिसकेको छ भने आईतबार वडा नंं. ७ समेत ५५ सदस्यीय वाईसिएलको वडा कमिटि गठन गरिएको हो ।

ओम प्रकाश मण्डलको नेतृत्वमा वडा नं. ७ मा ५५ सदस्यीय कमिटी गठन गरेको हो । यसअघि विभिन्न वडामा ८५ सदस्यीय, ७५ सदस्यीय गरी समितिहरु बनाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button