भिठ्ठामोड भन्सार नाका आईतवारबाट खुल्ने
नटराज टाईम्स । लामो समयदेखि बन्द रहेको जलेश्वर भिठ्ठामोड नाका आईतवारबाट खुल्ने भएको छ।
कोरोना भाइरसले गर्दा नेपाल भारतका नाकाहरु सर्वसाधारणका लागि बन्द गरिएको थियो ।
प्रदेश २ को दोस्रो ठूलो भन्सार रहेको भिठ्ठामोड नाका अबरुद्ध हुँदा पर्यटन व्यवसाय धराशायी भएको थियो ।
लामो समयदेखि बन्द रहेकाले यसलाई सुचारु गर्न समय लाग्ने जनाउँदै कार्यालयका प्रमुख गुणराज सुवेदीले आईतवारदेखि नाका सुचारु हुने जनाएको छ ।
भन्सार नाका खुल्ने समाचार प्राप्त भए पछि सर्वसाधारण लगायत व्यापारी व्यवसायीहरु खुसि भएका छन ।