दैनिक कोरोना संक्रमण सय भन्दा कम, मृत्यु शून्य
![](https://natrajtimes.com/wp-content/uploads/2022/03/Health-Ministry-1-780x470.jpg)
काठमाडौं– दैनिक कोरोना संक्रमण सय भन्दा कम भएको छ ।
२४ घण्टामा देशभर जम्मा ९१ जनामा मात्रै कोरोना पोजिटिभ देखिएको छ ।
देशभर ६२२० जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ३६२ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा कसैको पनि कोरोनाबाट मृत्यु भएन ।
सक्रिय संक्रमितको संख्या पनि घटेर ६९४७ पुगेको छ ।
![](https://natrajtimes.com/wp-content/uploads/2022/03/cr5.jpg)