राष्ट्रिय सभा सदस्य पदमा मधेश प्रदेश बाट गठबन्धनका उम्मेदवार विजय
आज बिहीबार सम्पन्न भएको निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रसका अन्यमा आन्नदप्रसाद ढंगााना र महिलाबाट जनता समाजवादी पार्टी नेपालबाट पुजा चौधरी विजयी हुनुभएको निर्वाचन अधिकृतले द्वारा बताईएकोछ ।
उहाँले भन्नुभयो “७ हजार ३ सय ७० मत ल्याई अन्य बाट आन्नद प्रसाद ढुंगाना विजयी हुनुभएको छ भने महिला बाट ७ हजार ९ सय ७० मत परिनाम सहित पुजा चौधरीले जित हासिल गर्नुभएको छ” ।
निर्वाचन अधिकृतका अनुसार नेकपा एमालेका अन्य तर्फ विजेता झाले २ हजार ४ सय ८४ आएको छ भने त्यसै पार्टीका महिला समुहका उषादेवी थरुनीले २ हजार ४ सय ४६ मत ल्याउनुभएको छ ।
त्यसैगरि जनमत पार्टीका रामशंकर महासेठले ८ सय १८ मतभार ल्याउनुभएका छन् ।
मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभाका सदस्य पदमा प्रदेश सभाका ५ र स्थानीय तहबाट २ वटा मत बदर भएको निर्वाचन अधिकृतले जनाउनुभएको छ ।