रौतहटबाट जन्ती लिएर आएको बस दुर्घटना, १६ घाइते, ५ जनाको अवस्था गम्भीर


बीरगंज । बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुरसिमरा उपमहानगरपालिका –१६ को डकाहमा आज बिहान रौतहटबाट जन्ती लिएर आएको ना४ख ४७४९ नम्बरको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते मध्ये ५ जनाको अबस्था गम्भिर रहेको छ ।दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल उपचारका लागि बीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र कलैया अस्पातालमा पठाइएको प्रवक्ता मिश्रले बताउनुभयो ।

दुर्घटनामा बसका सहचालक ३८ बर्षीय मुस्ताक खान, जन्ति आएका रौतहटको खतबैयाका १२ बर्षीय रियाजुल लहेरी, गौरिशंकर विश्वकर्मा, जाकिर लहेरी, आवास लहेरीको अवस्था गम्भिर रहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो ।

रौतहटको खतबैयाबाट सवा १०ः०० बजे जन्ती लिएर बिबाहका लागि बेहुलीको घरतर्फ आउँदै गरेको बस तिब्र गतिका कारण दुर्घटना भएको बसमा सवार जन्तीहरुले बताएका छन् ।

रौतहटको गुजरा नगरपालिका–६ खतबैयाटोलबाट जन्ती लिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ को बसडिलवास्थित बेहुलीको घरतर्फ जाँदै गरेको बस तिव्र गतिको कारण दुर्घटनामा परेको थियो ।बसमा ३० जना जन्ति सवार रहेका थिए ।

बेहुला भने सानो गाडीमा रहेका कारण दुर्घटनाबाट बचेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button