Trending

महन्थ ठाकुर पक्षका १ मन्त्री र ३ राज्यमन्त्री बर्खास्त

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार पूर्वराजपा पक्षका ४ जना मन्त्रीलाई सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै हटाइएको हो ।


जनकपुर — प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका ४ जना मन्त्रीलाई हटाएका छन् ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार पूर्वराजपा पक्षका ४ जना मन्त्रीलाई सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै हटाइएको हो ।

पदमुक्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधारा राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् ।

अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् ।अध्यक्ष यादवको उपस्थितिमा राउतलाई पार्टीको संसदीय दलको नेतासमेत चयन गरिएको छ । यादवले कांग्रेस र माओ‍वादीलाई समेत सरकारमा सहभागी गराएर सत्ता टिकाउने प्रयास गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button