मध्यरात बोलाइयो आकस्मिक मन्त्रिपरिषद् बैठक


७ जेठ, काठमाडौं । राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद् बैठक रातको १२ बजेसम्म बसेको छैन । तर बैठक बोलाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्ति मार्फत् दिएको थियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै १४९ जना सांसदहरुको हस्ताक्षर बुझाइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ जनाले आफूलाई समर्थन गर्न पत्र पेश गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button