प्रदेश नं. २ को प्रमुख डा.राजेश झा अहिराज को सकारात्मक कार्य


जनकपुरधाम । प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख एवं ज्येष्ठ नागरिक राजदेव मिश्रसंग भेटघाट गर्नु भएको छ ।

ईमान्दार नेताका रुपमा परिचित मिश्र जनकपुरमा वडा अध्यक्ष देखी मेयर सम्म बनेका थिए । पंचायतकाल देखी प्रजातन्त्र सम्मको यात्रामा मिश्रले आफ्नो छवि एक ईमान्दार नेताको रुपमा परिचय बनाएको कारण नै भन्नु पर्छ प्रदेश प्रमुख झा उहलाई भेटन भनेर जनकपुर ४ स्थित उनको आफ्नै निवाश पुगेका थिए ।
त्यसैगरी रौतहटकाे गढीमाई नगरपालिकाकाे सुन्दरपुर गाउँ स्थित गढिमाइ मन्दिर क्षेत्रमा बृक्षारोपण गर्नुभएको छ। अहिराजले जनकपुरकाे प्रादेशिक अस्पताल निरीक्षण गर्नुभयो,सो अस्पतालमा उपचाररत विभिन्न बिरामी लगायत प्रदेश नं २ का आर्थिक मामिला तथा योजना मन्त्री मा.विजय कुमार यादव को आमा सँग सँन्चो बिसंचो बुझ्नुभयो, र फुलको गुच्छा दिनुभयो । आफ्नो सरल स्वभाव र नम्रताका कारण निकै नै चर्चामा आएको देखिन्छ। त्यतै डा. अहिराज फागुन ९ गते देखि काम गर्न थालेकाले गत चार महिनाको अहिले सम्मको सचिवालय विहिन भएको अवस्थामा राज्यको करिव ३२ लाख रुपैया बचत भएको देखिन्छ। सरकारी कर्मचारी र सचिवले नै प्रदेश प्रमुख। डा.राजेश झा अहिरजलाई सहयोग गर्दै आएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button