नेकपा माओवादी र नेकपा एमालेका विभिन्न नेता तथा कार्यकर्ताले गरे लोसपा पार्टीमा प्रवेश


नटराज टाईमस, महोत्तरी ।

भंगहा नगरपालिकाका मेयर संजिव साहको आयोजनामा बृहत पार्टि प्रवेश एंव शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ।

भंगहा नगरपालिकाका सितापुरमा आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा द्वारा निर्वाचीत वार्ड ८ की वार्ड सद्स्य सुनैना देवी, वार्ड ३ नेकपाको वार्ड कमिटीको सचिव रविन्द्र यादव लगायत सयौंका संख्यामा लोसपा पार्टीमा प्रवेश गरेका छन् ।

भङ्गहा नगर सभापति भरत यादवको अध्यक्षता एवं लोसपा नेपालका वरिष्ठ नेता पुर्व मन्त्री तथा महोत्तरी निर्वाचन क्षेत्र न.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मा.शरत सिंह भण्डारी प्रमुख आतिथी थिए भने लोसपा नेपालको केन्द्रिय कार्यकारनी सदस्य एवं संघिय सांसद मा.निर्जला राउत, प्रदेश सांसद मा. जयनुल राइन, विद्यार्थी संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा (ज्ञानु) लगायत विभिन्न व्यक्तिहरुको उपस्थि रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button