अन्तर्राष्ट्रिय नागरिक उड्ययन दिवस
अन्तर्राष्ट्रिय नागरिक उड्ययन दिवस
आकाशमाथी उडिरहेका चराहरूजस्तै उडिरहेका हवाई जहाज र गाँउगाउमा सुनिने चिलगाडी अथवा पिलेनका कथाहरु, हवाईजहाजका कथाहरु, तिनमा चढ्दाखेरिका अनुभवहरु, विदेश या स्वदेश जाँदाका उत्सर्गहरु विशेषत्ः केटाकेटी अनि विद्यार्थीहरुकालागि महत्वपूर्ण हुन्छ ।
ठूलासाना हवाईजहाजहरू अनि हेलिकोप्टरहरु हाम्रो गाउँको एकमुठ्ठी आकाशबाट चरासरि उडेको हामीले देखि आएका नै हौँ र तिनै हवाईयन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन हेर्ने निकायलाई नागरीक उड्ययन भनिन्छ र हरेक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरीक उड्ययन दिवस मनाईन्छ । संसारभरका नागरीक उड्ययन विभागहरुले एकै स्वरमा नागरीक उड्ययन सुरक्षा र ब्यवस्थापनकालागि आवाजहरु उठाउने गर्दछन् ।
सन् १९९४ मा International Civil Aviation Organization (ICAO) अन्तराष्ट्रिय नागरीक उड्ययन संस्थाको ५० औ वार्षिकोत्सव मनाउन यस दिवस मनाउन शुरु गरिएको हो । पछी संयूक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरीक उड्ययन दिवसकारुपमा मान्यता दिएको छ ।
कुनैपनि राज्य र क्षेत्रको विकासमा उड्ययन सुविधाको महत्वूर्ण भूमीका हुन्छ । विकासका पूर्वाधारहरुको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन संभावनाको विकास गर्न, विपद व्यवस्थापन गर्न र दूर्गमका विरामीहरुलाई समयमै उपचारकालागि अस्पतालसम्म समयमैं पुर्याउन उड्ययनको मूलभूत भूमीकाहरू हुन् ।
सन् १९५७ मा नेपालमा पनि नागरीक उड्ययन प्राधिकरणको स्थापना भएको हो । उड्ययनको सुरक्षा, गुणस्तरिय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाईक्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मूख्य उद्धेश्य हो । भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तर्राष्ट्रिय समूदायले अपनाउँदै गरेको प्रविधि अपनाउन नसक्नु अनि मानवीय त्रुटिका कारणले नेपाली आकासमा विमान दुर्घटनाका निरन्तर समाचार आइरहन्छन् । कतिपय दूर्घटनाका कारणहरु नियन्त्रण बाहिर हुन्छ भने उड्ययनका आधार तथा नियमहरूलाई आत्मसाथ गर्नसके धेरै दूर्घटनाहरु कमी हुन सक्छ ।
वास्तवमा भन्ने हो भने हवाई उड्ययनले संसारलाई एकसुत्रमा वाँधिदिएको छ । एउटा कुनाबाट अर्को कुना खासै पर छैन् र त्यससँगै यसका चुनौतीहरु पनि आएका छन् । सन् २०१४ मा मलेसियाको क्वालालम्पूर विमानस्थलबाट चीनतर्फ उडेको मलेसियन एयरलाईन्सको जहाज अझै भेटिन सकेको छैन् । धेरै यात्रुवाहक विमानहरु यूद्धको आवेषमा भएका प्रहारले खसालिएकाछन् अनि कैयन विमानहरु अनि तिनका अवशेषहरु अझै फेला पर्न सकेका छैनन् । विमान दूर्घटनामा यात्रु बाँच्नसक्ने संभावना अत्यन्त कम हुन्छ, चाहे घोप्टे भिरमा खसेको थाईएयरको प्रसँग होस् या सन् २००६ मा ताप्लेजुङ्गको घुन्सामा खसेको हेलिकोप्टरमा विश्व प्रसिद्ध भू-वैज्ञानिक, मानवशास्त्रि तथा World Wildlife Fund (WWF) का जीव वैज्ञानिक हर्क गुरूङ सहित २६ जना विश्व प्रकृति तथा जीव विज्ञानका महत्वपूर्ण अनुसन्धानकर्ता दूर्घट्नामा परेको प्रसङ्ग होस्, गुमाएका आफन्त अनि घाउले लागेको दाग कहिल्यै मेटिने छैनन । हवाई सुरक्षा एउटा अत्यन्तै संवेदनशील विषय हो र यसलाई प्राथमिकतामा राख्न जरुरी छ । अझै पनि नेपाली आकाशमा सिङ्गल ईन्जिन सहितका जहाजहरु यात्रुसहीत उडाँइदै छन् यसलाई विडम्वना नै मान्नुपर्छ । नेपाली ध्वजावाहक नेपाल एयरलाईन्सको ओरालो लागेको साखः र अवस्था छिचोल्दै विस्तारै अगाडी बढ्दै छ र यो क्रम जारी रहोस् ।
विभिन्न स्वदेशी तथा विदेशी ध्वजावाहक हवाईजहाजहरु नेपाली आकाशमा उड्दछन्, सगरमाथाको यो आकाशमा उड्ने सबैको चन्द्र दाहिने हुन्, सबै यात्रा सुरक्षित रहुन् र संयमित रहुन् ।
संसारकै धेरै खतरनाक तथा साहषि विमानस्थलहरुको सूचीमा नेपालको लूक्ला विमानस्थल उड्ययन जगतको चुनाैति हो । भौगोलिक र प्रतिकुल मौसमको स्थीतीले पनि उड्ययन सुरक्षा र नविन प्रविधि नेपालकालागि निर्विकल्प छ ।
उड्ययन दूर्घटनामा परेका सबैजनाको आत्माले चिर शान्ति पाउन्, आफ्नो ज्यान जोखिममा राखेर अरुलाई गन्तब्यसम्म पूर्याउने पाइलट, एयर होस्टेस अनि फ्लाईट ईन्जिनियरहरुलाई सलाम । नेपाली आकाश सुरक्षित रहोस्, नेपालको प्राकृतिक छटामा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकहरू पटक पटक नेपालको आकाशमा उडिरहून, सुरक्षित उडान भरीरहून ।