जनकपुरधाम वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साह एमालेमा प्रवेश


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरको लागि तयारी गरेका वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई लत्याएर एमालेमा प्रवेश गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरको लागि कसरत गर्दै उम्मेदवारी समेत विधिवत घोषणा गरेका वडाध्यक्ष साह एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर एमाले पसेका हुन् ।

लोसपाबाट जनकपुरधामको नगरप्रमुखका लागि सिफारिश भई सकेको अवस्थामा जानकीराम एमालेमा प्रवेश गरेका हुन् । लोसपाबाट नगर प्रमुख पदमा उम्मेदवारी पाउने सम्भावना कम देखेपछि उनी एमालेमा प्रवेश गरेका हुन् ।

जनकपुरधाममा नगरप्रमुखका लागि एमालेबाट जानकीरामलाई नै नगरप्रमुखको पदका लागि टिकेट दिइने भएपछि मात्रै एमालेमा प्रवेश गरेको श्रोतको दावी छ ।

जानकीराम लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत थिए । लोसपाले मेयरको लागि जानकीरामलाई टिकट दिने नदिने अलमल भएपछि उनी एमालेको शरणमा गएका हुन् ।

मेयरको लागि एमालेबाट शिवशँकर साह हिरा मेयर पदको उम्मेदवार सिफारिस भईसकेको अवस्थामा जानकीरामले मेयरको सिफारिस पाउन कठिन भएको छ । जानकीराम साह लोसपाबाट मेयरको लागि सिफारिस भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button