शहिदनगरको कार्यापालिकाको प्रथम बैठकमै जसपा र काँग्रेसबीच विवाद भएको छ । काँग्रेसबाट निर्वाचित उपमेयरसहित पाँच वडाध्यक्षले कार्यपालिका बैठक बहिष्कार गरेपछि विवाद चर्किएको छ ।


शहीदनगर नगरपालिकाको पहिलो बैठकमै उपमेयर लगायत कांग्रेस को ५ वडा अध्यक्षले गरे बैठक बहिस्कार जनकपुरधाम ।

धनुषाको शहिदनगर नगरपालिकाको कार्यपालिका बैठकमा नेपाली काङ्ग्रेसबाट निर्वाचित उपमेयर सुनिता सिंह लगायत ५ वडा अध्यक्षहरुले बैठक बहिस्कार गरेका छन ।

बिहिवार शहिदनगर नगरपालिकामा बसेको कार्यपालिकाको बैठकमा मेयर लगायतका केही वडा अध्यक्षहरुले बहुमतको आधारमा संयोजकहरु चयन गरिएपछि काँग्रेसले बैठक बहिष्कार गरेको थियो ।

कार्यपालिकाको पहिलो बैठकबाट नेकपा माओवादी र जसपा मिलेपछी बहुमत प्रक्रियाको आधारमा सँयोजक चयन गरिएपनि काँग्रेसले एकलौट गरेको भन्दै नगर प्रमुख दिनेश प्रसाद यादवमाथि आरोप थुपारेको हो ।

उपमेयर सिंहले भनिन् –“हामीले भनेको एउटा पनि सदस्य नराख्ने ? एकलौटी रुपमा नगरपालिका चलाउँछ भने हामी प्रतिपक्षमा बस्छौं । होइन भने मिलेर चल्छ भने मेरो पनि साथ र सहयोग रहने छ ।

एक दुई दिनमा केही जवाफ नआए हामी पत्रकार सम्मेलन गरेर एकलौटिपनको बारेमा सार्वजनिक गर्नेछौँ

पहिलो कार्यपालिका बैठकबाट नेकपा माओवादीबाट निर्वाचित वडा नम्बर ८ का वडा अध्यक्ष तनुकलाल कुसियैत (यादव) लाई स्वास्थ्य समितिको संयोजकमा चयन गरिएको छ।

वडा नम्बर ५ का वडाअध्यक्ष सुरेश कापरलाई महिला बालबालिका तथा खेलकुद नगर समितिको संयोजकमा चयन गरिएको छ ।

यस्तै, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज दासलाई नगर कृषि समितिको संयोजकमा मनोज कुमार दासलाई चयन गरिएक छ भने वडा नम्बर ६ का वडा अध्यक्ष उमेश निरौलालाई नगर शिक्षा समितिको संयोजकमा चयन गरिएको हो ।

काँग्रेसले कार्यपालिकाको बैठक बष्हिकार गरेको सन्दर्भमा नगर प्रमुख यादवले उनीहरुले कुनै प्रकारको त्यस्तो बष्किार नै नगरेको दाबी गरे ।

आफू कानुनी रुपमै समितिहरु चयन गरेपछि काँग्रेसले असन्तुष्टि जनाएको बताए ।

उनले भने, –“म त नयाँ नयाँ हो, उपमेयर साहब त पुरानो हुनुहुन्छ यस क्षेत्रमा, हामीले कानुन बमोजिम नै गर्ने हो नी ? उहाँले कानुनलाई नै ओभरटेक गरी कार्यपालिका बैठकमा हलचल गरेपछि बहुमत प्रक्रियाको आधारमा समिति चयन भएको मात्र हो ।

शहिदनगरमा जसपा, माओवादी र काँग्रेसको सँयुक्त सरकार छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button