शहिदनगरपालिकाद्वारा छडके अनुगमन, अबैध खोप सहित दुईजना पक्राउ, पसल सिल ।


शहिदनगरपालिकाद्वारा छडके अनुगमन, अबैध खोप सहित दुईजना पक्राउ, पसल सिल ।

नटराज टाइमस । धनुषाको शहीदनगर नगरपालिकाको एक औषधि पसलबाट बिक्री गर्न राखिएको कोभिडविरुद्धको खोप फेला परेपछि एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

निजी औषधि पसललाई कोभिडविरुद्धको भ्याक्सिन बेचेको आरोपमा प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहामा कार्यरत अहेव देवशरण यादव पक्राउ परेका छन् ।

यसअघि कोरोनाविरुद्धको खोप फेला परेको स्थानीय श्रीराम हेल्थ केयरका सञ्चालक कमलेश मण्डल पक्राउ परेका थिए ।

प्रहरीमा दिएको बयानको आधारमा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेव यादवलाई पनि पक्राउ गरी ईलाका प्रहरी कार्यालय यदुकुहामा बुझाएको मेयर उदय बरबरीयाले जानकारी दिए । पक्राउ परेका अहेव यादले आफूले बेच्नका लागि श्रीराम हेल्थ केयरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको स्वीकार गरेका छन् ।

पक्राउ परेका औषधि पसलका सञ्चालक मण्डल र अहेव यादवलाई इलाका प्रहरी कार्यालय यदुकुहाको हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कोरोनाविरुद्धको खोप निजी औषधि पसलले बिक्री गरिरहेको सूचना पाएपछि नगरपालिकाको सुशासन समितिले स्थानीय औषधि पसलहरूमा अनुगमन गरेको थियो ।

सोही क्रममा श्रीराम हेल्थ केयरमा भेरोसेल ४ थान, जोन्सन एन्ड जोन्सन एक र स्ट्राजेनिका भायल एक थान फेला परेको मेयर बरबरीयाले बताए ।

आम नागरिकलाई सरकारले निःशुल्क प्रदान गर्ने कोरोनाविरुद्धको भ्याक्सिन फेला निजी औषधिमा फेला परेपछि श्रीराम हेल्थ केयरलाई सिल गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button