सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कुलमा हुनु पदर्छ’ अभियान जारी


मधेश प्रदेशमा आसमान नेपालको सहयोगमा ‘सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कुलमा हुनु पदर्छ’ अभियान जारी छ ।

दिगो विकासका लक्ष्य र संविधानले दिएको निःशुल्क शिक्षाको प्रत्याभुती गराउने उद्देश्यले सुरु भएको यस अभियानले मंसीरमा एक वर्ष पूरा गर्दै छ ।

अभियानले आफ्नो लक्ष्य पूरा गर्न ५० वटा पालिकाका करिव पाँच हजार अभिभावकसँग पैरवी गरिसकेका छन् । यसै सन्दर्भमा प्रस्तुत छ, अभियानका प्रदेश संयोजक रक्की प्रसाद साहसँग गरिएको कुराकानीको सम्पादीत अंश ।

तपाईहरु कस्तो अभियान सञ्चालन गर्दै हुनुहुन्छ ?शिक्षामा सुधारको निमित आसमान नेपालको लागतमा ‘सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कुलमा हुनु पदर्छ’ नाम अभियान सुरु भएको छ । २०७८ मंसीर १९ गते जनकपुरबाट यो अभियानको शुभारम्भ भएको थियो । यो अभियान मधेश प्रदेशको सबै जिल्लामा लागु छ ।

यसले नेपालको संविधान अनुसार निःशुल्क शिक्षाको प्रत्याभुती गराउन र नेपाल सरकारले अन्तर्राष्ट्रिय स्त्तरमा गरेको प्रतिबद्धता पूरा गराउने उद्देश्यले सुरु गरिएको छ । सरकारले दिगो विकासको लक्ष्य अन्रर्गत दिगो विकासको लक्ष्य लिएको छ ।

यसलाई पूरा गर्न हामी अभियानमा लागेका छौं ।अभियानले के काम गर्दै छ ?अभियानले स्थानीय सरकार र विद्यालयसँग पैरवी गर्ने काम गरिरहेको छ । अभियानले १८ वर्ष मुनीका सम्पूर्ण बालबालिका दिउसो विद्यालयमा हुनु पर्दछ भन्ने हाम्रो लक्ष्य छ ।

यसको लागि हामीले जनप्रतिनिधि र शिक्षकसँग सहकार्य गरी काम गरिरहेका छौं । स्थानीय बाल कल्व, व्यपारी वा अन्य कुनै संघ संस्थाले पनि यस अभियानमा जुडिरहेका छन् । पालिकाभित्रको विद्यालयमा पठ्नपाठनको अवस्था के छ ? समस्या पहिचान गरेर काम गरिरहेका छौं ।

विद्यालय व्यवस्थापन समिति छ कि छैन् ? जनप्रतिनिधि र अभिभावकहरुले नियमित रेखदेख तथा अनुगमण निरीक्षण गरिरहेको छ कि छैन् ? विद्यालयमा पाठ्यपुस्तकदेखि विद्यार्थी सम्मको अवस्था सुधार्ने काम गरिरहेका छौं ।

अहिले सम्म गर्नुभएको महत्तवपूर्ण काम के हो ?हामीले यस अभियानमा मुख्यत अभिभावक र शिक्षकलाई प्रोत्साहन गरी सबै बालबालिकालाई विद्यालय सम्म पुग्ने वातावरण निर्माण गरिरहेका छौं ।

अहिले सम्म विवरणमा भन्ने हो भने पाँच हजार अभिभावक र ५० वटा पालिकाका जनप्रतिनिधिसँग हामीले प्रतिबद्धता गराइसकेका छौं ।

पालिकालाई आपन्त्तव महशुश गराइरहेका छौं । जस्तो उदाहरणको लागि पोखरीया नगरपालिकाले आपन्त्तव लिइसकेको छ ।

यस्तो अभियान आँफै चलाउने पालिका प्रमुखले भनेका छन् । यो अभियानको लक्ष्य दश वर्ष हामीले राखेका छौं

लक्ष्य पूरा गर्दा समय कम वा बढी हुन सक्छ ।अभियानले के परिर्वतन ल्याएको छ ?अभियानले मुल्त शिक्षाप्रतिको आकष्र्ण बढाएको छ ।

जुन अभिभावकले विद्यालयमा छोराछोरी पढाउदैनथ्यो उनीहरु पठाउन थालेको छ ।

दलित, विपन्न वर्गका विद्यार्थीहरुको विद्यालयमा सहज पहुँच भएको छ ।

तुल्नात्मक रुपमा विद्यार्थी र विद्यालयको गुणस्त्तरीय पनि सुधार भएको छ । यसले हिंसा, अपराध र बालविवाह पनि घटाएको छ । दिनभरी बालबालिका विद्यालयमा भएपछि कुनै गल्त गतिविधिमा संलग्न हुदैनन् ।

पढाईप्रति उनको रुची पनि बढ्छ । जसले विद्यार्थीमा चेतनाको विकास हुन्छ र हिंसा÷बालविवाह रोक्न उनीहरु आफै अग्रसर भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button