माओवादी पार्टी मा मेयर वरबरियाको अर्को छलाङ , स्थानीय तह मधेश प्रदेश को इन्चार्ज मा चयन ।


नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टीमा धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले अर्को छलाँग लगाएका छन् ।

केही महिनाअघि मात्र स्थानीय तह विभागको केन्द्रीय सदस्यमा चयन भएका मेयर बरबरियाले मधेश प्रदेशको ईन्चार्जको जिम्मेवारी पाएका छन् ।

नेकपा (माओवादी केन्द्र) स्थानीय तह विभागको बैठक पार्टी कार्यलय पेरिसडाडामा मँगलबार बसेको बैठकबाट बररियालाई मधेश प्रदेशको ईन्चार्ज तोकेका हुन् ।

बैठकबाट स्थानीय तह निर्वाचनसंग सम्बन्धित विविध विषयमा छलफल गरिनुका साथै उनलाई स्थानीय तह विभाग अन्तर्गत मधेश प्रदेशको ईन्चार्जको जिम्मेवारी सुम्पिएको हो ।

स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट हुने टिकट वितरणको लागि मेयर प्रदेश ईन्चार्जको भूमिका अहम हुने भएकोले उनकै सिफारिसले टिकट वितरण हुनेछ ।

आउँदो बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको चुनावमा बरबरियाको सिफारिसले उम्मेदवारहरुको टिकट वितरण हुने जनाईएको छ । मेयर बरबरिया नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य समेत रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button