आसमानको निक शिक्षा दिअ परियोजनाले गणेशमानमा ल्याएको बदलाव


धनुषाको गणेशमान चारनाथ नगरपालिकामा विद्यालय उमेर समूहका सबै बालबालिकाहरुको दिवा समय विद्यालयमा नै व्यतित हुन थालेको छ ।

विद्यालयहरु बाहिर रहेका नगरभित्रका ९८.४५ प्रतिशत बालबालिकाहरु दिवाको समय विद्यालयमा बस्न र पढ्न थालेका छन् ।

हाल पालिकामा ३१ जना विद्यालय उमेर समूहका बालबालिकाहरु मात्र विद्यालय पहुँच बाहिर छन् । विद्यालय बाहिर रहेका ३१ जना बालबालिकाहरुलाई पनि विद्यालयमा ल्याउने प्रयास आसमान नेपालको निक शिक्षा दिअ परियोजनाले गरिरहेको जनाएको छ ।

विद्यालय बाहिर रहेको बालबालिकाहरुलाई विद्यालयमा ल्याउन, टिकाउने र सिकाउने मुल उद्देश्यका साथ निक शिक्षा दिअ परियोजना मार्फत गणेशमान चारनाथ नगरपालिकामा कार्य गर्दै आएको आसमान नेपालको परियोजनाका पालिकाको परियोजना संयोजक नरेन्द्र पासवानसँग हामीले कुराकानी गरेका छौं ।

परियोजनाको पालिका संयोजक पासवनासँग निक शिक्षा दिअ परियोजनाकै सरेरोफरो रहेर हामीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गर्दैछौं

नरेन्द्र जी सञ्चै हुनुहुन्छ, अनि आजभोली के कार्यमा व्यस्त हुनु भएछ ?

सञ्चै छु, अनि आजभोली धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आसमान नेपालद्धारा संचालित निक शिक्षा दिअ परियोजनामा पालिका संयोजकको रुपमा कार्य गर्दै छु, अचेल परियोजनामै एकदमै व्यस्त छु ।

के हो, निक शिक्षा दिअ परियोजना ?

अँ, यो निक शिक्षा दिअ परियोजनामा खासमा विद्यालय बाहिर रहेका समुदायका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने, बालबालिकाहरुलाई दिवाको समयमा विद्यालयमा टिकाउने, विद्यालय पहुँच बाहिर रहेको बालकालिकालाई विद्यालयमा ल्याउनलाई अभिभावकलाई प्रेरित गर्ने, बाल, अपांग, लैंगिकमैत्री शिक्षाको अवस्थामा सुधार ल्याउने तथा बालश्रमको अन्त्य गर्ने लक्षित कार्य हो ।

अहिले यो परियोजनाले गणेशमान चारनाथ नगरपालिकामा के–के कार्यहरु गरिरहेको छ ?निक शिक्षा दिअ परियोजनाले गणेशमान चारनाथ नगरपालिकाको २१ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अहिले कार्य गरिरहेको छ ।

खास गरी परियोजना यो नगरपालिकामा जति पनि बालबालिकाहरु विद्यालयमा आउने उमेर समूहका भएपनि विभिन्न कारणले विद्यालयमा आउन सकेका छैन, जो बालबालिका विद्यालय बाहिर छन् उनीहरुलाई विद्यालयमा ल्याउने, पढाईको समयमा कक्षा र विद्यालयमा टिकाउने, सिकाउने, विद्यालयका बाहिर रहेको बालबालिकाहरुको तथ्यांक र घरधुरी सर्वेक्षण, विद्यालय उमेरका बालबालिकाहरु घरमा छन् भन्ने त्यो घरमा क्रसको टिक मार्क लगाउने कार्य गरेका छौं ।

पालिकामा शिक्षामा सुधारका लागि बालमैत्री, अपांगमैत्री, लैंगिकमैत्री, खानेपानी, सरसफाइ र स्वच्छताको सवालमा समेत कार्यहरु गर्दै आएका छौं । शिक्षकहरुको क्षमता विकासको लागि समेत विभिन्न तालिम तथा दक्षता अभिवृद्धि हुने खालको कार्यहरु विगत तीन वर्षदेखि गरिरहेका छौं ।

शिक्षकको पढाउने काम मात्र होइन, सिकाउने पनि हो त्यसैले शिक्षकहरुलाई पढाउने भन्दा पनि सिकाउने कुरामा बढी जोड दिने कार्य गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button