आसमान नेपालको २१ औं साधारण सभा



जनकपुरधाम

आसमान नेपालले देशका १७ जिल्लामा कार्य गर्दै हाइरहेको छ । शिक्षा तथा बाल संरक्षण , स्वास्थ्य तथा पोषण , सुसासन, प्रकृतिक श्रोत व्यस्थापन, महिला सशक्तिकरण र मानवीय साहायता गरि जम्मा ६ वटा क्षेत्रमा नियमित रुपमा कार्य गर्दै आइरहेका छन् ।

समाजमा देखिएका असमानता , गरिबी, अशिक्षा , सरकारी सेवामा नागरिकको न्युन पहुच पोषण, विवद् व्यव्स्थापन लगायतका सवालहरुमा स्थानिय , प्रदेश र संघ सँग सहकार्य गर्दै आइरहेका संस्थाले शिक्षा स्वास्थ्य आयआर्जनको क्षेत्रमा कुल १,६५,००० समुदायका व्यक्तीहरुले प्रत्यक्ष रुपमा लाभ लिएका छन् । ७७८१ बालबालिकाहरु औपचारिक विद्यालय भर्ना भएका छन् । ४६०९ परिवारलाई आयआर्जन को लागि सहयोग गरेका छन् ।

११० वटा हेल्थ पोष्ट मार्फत ४,४०,००० जना समुदायका व्यक्तहरुले प्रत्यक्ष लाभ लिएका सदस्य सचिव नवल यादवले बताउनुभएको छ । बाल संरक्षणको बाल हेल्प लाइन मार्फत ५३ जना बालबालिकालाई सेवा प्रदान गरेका छन् । ३१३० बालबालिका कुपोषिणबाट स्वास्थ्य भएका छन् ।


मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार आसमान नेपालको २१ औं साधारण सभा भएको छ । आसमान नेपालको अध्यक्ष हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, आसमानको उपाध्यक्ष सरस्वती गौतम, कोषा अध्यक्ष लक्ष्मी विक, सदस्य रेखा यादव, ललित कुमारी सदा , राम दुलारी राम चमैन, मो.असगर अली, राजकुमार विक, महादेव यादव, सदस्य सचिव नवल किसोर यादव लगायत उपस्थिती रहेको थियो ।
वर्तामनको जल्दोबल्दो सबाल पर्यावरण , संरक्षण , र प्रवद्र्घन सवालहरुमा गैरसरकारी नीजि संघ संस्थाहरु सँग मिलेर गर्दै आइरहेको र आगामी दिनमा पनि गर्ने वाचा गर्नुभएको छ । मधेश प्रदेशको आटवटै जिल्ला साथै प्रदेश १ को सुनसरी मोरङ, झापा, वागमत्ती प्रदेशको धादिंङ , कर्नाली प्रदेशको सल्यान र सुर्खेत गण्डकी प्रदेशको लमजुङ र लुम्बीनी प्रदेशको रुपन्देही र नवलपरासी जिल्लाहरुमा काम गर्दै आइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button