धनुषाको शहिदनगर नगरपालिकाको शिक्षा तर्फ नैतिक विवाद सुरु भएको छ ।


धनुषाको शहिदनगर नगरपालिकाको शिक्षा तर्फ नैतिक विवाद सुरु भएको छ ।वडा नम्बर ३ स्थित रहेको जनता इकाई माध्यमिक विद्यालयमा स्थगित गरिएको भनिएको अभिभावक भेलाको पत्रलाई नै रद्द गरिएको छ

शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी र शिक्षा शाखा प्रमुख विश्वनाथ यादवद्धारा जारी गरिएको पत्रमा विद्यालयले जारी गरेको बैठक स्थगनको पत्रमा उल्लेख चलानी नम्बर नै अधिकारिक नरहेको खुलाएको छ ।

नगरपालिकाको नक्कली लेटरप्याड प्रयोग गरी लेटरप्याड दुरुपयोग गरी विद्यालय व्यवस्थापन समिति गठनको लागि २० गते बोलाइएको अभिभावक भेला स्थगितको सूचना निकालिएको भन्दै सो लेटरप्याड नै अधिकारिक नभएको स्पष्ट गरिएको छ ।

नगरपालिकाको लेटरप्याडमा चलानी नम्बर २ (क) उल्लेख गरिएकोमा सो चलानी नम्बर अधिकारिक नरहेको र नगरपालिकाको लेटरहेड दुरुपयोग गरी नक्कली लेटरप्याड जनाएको उल्लेख छ ।

यस अनुसार, विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको लागि अर्को सूचना निकाल्ने गरी कार्य अगाडी बढाउने भनिएको छ ।

पत्रानुसार, यसअघि पदबाट हटाइएका भनिएका शिक्षा शाखा प्रमुख विश्वनाथ यादव नै अधिकारिक शाखा प्रमुख रहेको स्पष्ट गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button