प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको कम्वल वितरण गरियो ।


आज१२ गते शुक्रबार मधेश प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको २००० थान मध्ये आज सबैला न.पा. अँखा प्राथमिक उपचार केन्द्रमा सोही पालिकाको वार्ड नं. ११ इनर्वा, वार्ड न १० गेरूवाही, मिसरपट्ट, अमरखाना,वार्ड ९को सतोषर,वार्ड २

सबैला, वार्ड ३ महराटोल, वार्ड ७ मठिमुसहरी, वार्ड १ मुसहरी टोल, वार्ड १३ किरतपुरका मा रहेका विपन्न, गरिब परिवार ३८६ जनालाई र गणेशमानचारनाथ न.पा.को वार्ड नं २ को मुसहरी टोल, लखनपुर, राधापुर, केराबारी पासमान टोल, वार्ड ३ को श्रीरामपुर, वार्ड ४ पथराइ, वारड १ को चमारटोली, वार्ड ७ पासमान टोल, झापाली टोल, वार्ड ९ को चमरटोली, जयनगर टोल, १४० जनालाई १/१ थान कम्वल वितरण गरियो ।

नामावली संकलन/ संयोजन नेपाल रेडक्रस सो. धनुषाले गरेको ।

कार्यक्रम प्रजिअ चक्र पाणी पाण्डे, प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा, सशस्त्र प्रहरीले उपरीक्षक दिनेश मल्ल र नेपाल रेडक्रस सोसाइटी शाखा धनुषाका सभापति नरेश सिंहले वितरण गरेको ।

यस अघि १० गते मिथिला न.पा. ९ र १० का १४३ परिवारलाई लालगढमा वितरण गरिएको थियोे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button