जनकपुर उपमहानगरपालिकाद्वारा सुविधा सम्पन्न पार्किङ्ग स्थलको शिलान्यास


जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाममा ट्राफिक व्यवस्थापनका लागि आधुनिक पार्किङ्ग स्थलको निर्माण अगाडि बढाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा वडा नंं ८ दशरथ मन्दिर नजिक रहेको करिब १२ कठठा जग्गा लिजमा लिएर सोही जग्गामा पार्किङ्ग स्थलको निर्माण कार्यको शुक्रवार शुभारम्भ गरिएको छ ।

नगरप्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साहले संयुक्त रुपमा पार्किङ्ग स्थलको शिलान्यास गरेका हुन् ।

६० लाखको लागतमा निर्माण हुने पार्किङ्ग स्थल निर्माण भएपछि नगरक्षेत्रमा जथाभाबी रुपमा हुने पार्किंग नियन्त्रण भएर सडक तथा ट्राफिक व्यवस्थापनमा ठूलो मद्दत पुग्ने विश्वास जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको रहेको छ ।

उपमहानगरपालिकामा विद्यमान ट्राफिक समस्या समाधानका लागि उपमहानगरपालिकाद्वारा पार्किङ्ग स्थलको निर्माण हुन लागेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बताएका छन ।

अव्यवस्थित रुपमा सवारीसाधन पार्किङ्गका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको समय पार्किङ्ग स्थलको निर्माण भएपछि ट्राफिक व्यवस्थापनको समस्या समाधान हुने भएको छ ।

नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने प्रचलनका कारण नगर क्षेत्र नै कुरुप देखिन थालेको छ । उपमहानगरपालिकाले सडक पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएपनि सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ्ग स्थल बनेको देखिन्छ ।

ट्राफिक व्यबस्थापनका लागि उपमहानगरपालिका , नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त काम गदै आएको छ तर पनि पार्किङ्ग निषेधित क्षेत्रमा समेत आफ्ना सवारी निर्वाध रुपमा पार्किङ्ग गरेको पाइन्छ ।

विशेष गरी अस्पताल क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गरिदै आएको देखिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button