विपन्न परिवारलाई राहत वितरण


स्मृति कुमारी मिश्र,

जनकपुरधाम । जनकपुरियन लेडिज ग्रुपले विपन्न परिवारलाई कम्बल, खाद्यान्न सामग्री तथा फलफूल वितरण गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ भुतही पोखरीस्थित सुकुम्बासी बस्तीमा २५ घरधुरीका अति विपन्न परिवारहरुमा कम्बल, खाद्यान्न सामग्री तथा फलफूल वितरण गरिएको छ।

२५ विपन्न घरपरिवारलाई विभिन्न सामग्रीहरु वितरण गरेको ग्रुपमा आबद्ध रिंकु गायत्री मिश्रले जानकारी दिइन् । उनले एक घरपरिवारलाई २ हजार रुपैयाँबराबरको सामग्री वितरण गरिएको बताइन् ।

उनले भने, ‘एक परिवारलाई २ थान कम्बल, ५ किलो चामल, १ किलो दाल, १ किलो आलु, २५० ग्राम सोयाबिन, कपडाको साबुन तथा नुहाउने साबुन २–२ पिस, २५० ग्राम दालमोठ, १ किलो चिउरा, ५ सय ग्राम मुरही र प्रतिपरिवार १ किलोका दरले सुन्तलासमेत वितरण गरेका छौँ ।’

जनकपुरियन लेडिज ग्रुपका सदस्यहरुले विपन्न परिवारलाई एकै ठाउँमा भेला पारेर सामग्री वितरण गरेका थिए ।

साथै सुकुम्बासी बस्तीकै अतिविपन्न शेरदेवी मुखियाको आँखा उपचारको जिम्मा पनि जनकपुरियन लेडिज ग्रुपले लिएको छ ।

खाद्यान्न सामग्री तथा फलफूल वितरण कार्यक्रममा जनकपुरियन लेडिज ग्रुपमा आबद्ध रिंकु गायत्री मिश्र, ललिता लाभ, रुपा कर्ण, माला राय, दीपिका कार्की, आरती मण्डल, वरुणा कर्ण, रुपा कर्ण, अनिता विश्वास, ज्योति झा, निभा झा, सीमा चौधरीलगायत सदस्यको सहभागिता थियो ।

जनकपुरियन लेडिज ग्रुपले यसअघि गतवर्ष पनि कुष्ठरोग प्रभावितलाई लत्ताकपडा र खाद्यान्न सामग्री वितरण गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button