खेलकूदले सदभाव र अनुशासित बनाउँछः नेता बरबरिया


जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले खेलकूद आपसी सदभाव बनाउनुको साथै अनुसाशित बनाउन मदत गरेको बताएका छन् ।

मँगलबार शहिद कामेश्वर–कुशेश्वर स्मृति फुटबल प्रतियोगिताको उदघाटन गर्दै पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य समेत रहेका नेता बरबरियाले खेलको माध्यमबाट दुई देशलाई समेत जोडन सकेको ईतिहास सुनाए ।

शहिदनगर व्यापार संघ यदूकुहाका अध्यक्ष राजदेव साहको अध्यक्षता तथा पूर्व मेयर बरबरियाको प्रमुख आतिथ्यमा मँगलबारदेखि सुरु भएको शहिद कामेश्वर–कुशेश्वर स्मृति फुटबल प्रतियोगिताको क्रममा उनले खेलकुदले एकआपसमा सद्भाव बढ्ने , अनुशासित बन्ने , शारीरिक एबम मानसिक बिकासमा वृद्धि हुने, भाइचाराको सम्बन्ध बढ्ने बताए ।

खेलकुद प्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताउँदै उनले आफ्नो मेयरको कार्यकालमा प्रदेश स्तरीय खेलकुदहरु समेत गराएको उल्लेख गरे ।

उदघाटन कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मनोज दास, वडा नं. ५ का वडाध्यक्ष सुरेश कापर , ईलाका प्रहरी कार्यलय प्रमुख बिष्णुहरी ढकाल , यदुकोहा सशस्त्र प्रहरी प्रमुख , सोनिगामा सशस्त्र प्रहरी प्रमुख सागर राई , माओवादी केन्द्रको वडा पार्टी अध्यक्ष श्याम चौधरी , एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला उपाध्यक्ष श्रीकृष्ण भिनवार यादव लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button