शहीदनगर नगरपालिकाका इन्जिनियर चौधरी २ लाख ७५ हजार घुससहित पक्राउ


साउन २८ गते । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीसँगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ ।

शहीदनगर नगरपालिका वडा नम्बर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वाल निर्माण कार्य सम्पन्नपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button