राष्ट्रिय महाधिवेशन सफल बनाउन एक हजार एकावन्न सदस्यीय जनपरिचालन समिती गठन



समितिमा प्रदेश भित्रका केन्द्रिय सदस्यहरु, परिषद सदस्य , मधेश प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य हरु, जिल्ला अध्यक्ष एवं पदाधिकारीहरु , भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि , निर्बाचित जनप्रतिनिधि हरु सदस्य रहने छ ।
जसपा कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेश ईन्चार्ज मृगेन्द्र सिंह यादवको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा कार्यकारिणी समिती सद्स्य एवं मधेश प्रदेशका पुर्ब मुख्यमन्त्री लालबाबु राउत, कार्यकारिणी सद्स्य गोबिन्द चौधरी , प्रकाश अधिकारी , मनिष सुमन, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राजनीति समिती सदस्य शैलेन्द्र साह ,राष्ट्रिय सभा सदस्य पुजा चौधरी ,मधेश प्रदेशका मन्त्रीहरु सुरिता साह, सिघासन साह , मो अबुल कलाम , प्रदेश नं. १ का प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री निर्मला लिम्बु सहितको उपस्थिति रहेको थियो ।
बैठकमा मधेश प्रदेशका केन्द्रिय सदस्य, परिषद सदस्य , मधेश प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य हरु, जिल्ला अध्यक्ष एवं पदाधिकारीहरु , भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button