अपहरण गरेर प्रमाणपत्रमा हस्ताक्षर गराएको भन्दै मतदान अधिकृतले दिए राजीनामा


नेपाली कांंग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ मा प्रतिनिधि छनोट गर्दा अपहरण गरेर प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै मतदान अधिकृतले राजीनामा दिएका छन्।

जसले गर्दा प्रदेश २ को अधिवेशन अवरुद्ध भएको छ।कांग्रेसले सातै प्रदेशमा १६ मंसीरमा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। जस अनुसार, सातै प्रदेशमा अधिवेशन उद्घाटन भएको थियो। तर, प्रदेश २ मा भने प्रतिनिधि छनोटमा विवाद भएपछि अधिवेशन रोकिएको छ

महोत्तरीको क्षेत्र नं. ३ का मतदान अधिकृत धीरेन्द्र मण्डलले आफूलाई अपहरण गरेर निर्वाचित प्रमाणपत्रमा जबर्जस्ती हस्ताक्षर गराइएको बताएका छन्। उनले प्रतिनिधिका प्रमाणपत्र रद्द गर्न अनुरोध गर्दै राजीनामा दिएका छन्।१५ मंसीरमा क्षेत्रीय अधिवेशनको बन्द सत्रमा होहल्ला गरेर स्थगित गरिएको उनले बताएका छन्। त्यसपछि राति घरमा आएका अपरिचित व्यक्तिहरूले अपहरण शैलीमा आफूखुशी प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको मतदान अधिकृत मण्डलले निवेदनमा उल्लेख गरेका छन्।

उनले जिल्ला निर्वाचन अधिकृतलाई दिएको निवेदनमा भनेका छन्, “नेपाली कांग्रेसको महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा मलाई क्षेत्रीय निर्वाचन कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमितिको निर्वाचन गराउन मतदान अधिकृत नियुक्त गरी खटाइएकाले मिति २०७८-०८-१५ गते क्षेत्रीय अधिवेशनको उद्घाटन सत्र सम्पन्न भई सोही दिन बेलुका अन्दाजी ६ बजे बन्द सत्र शुरू भई बन्द सत्रमा सहमति नभई होहल्ला भई बन्द सत्र स्थगित गरियो

त्यसको दुई दिनपछि १७ मंसीरमा घरमा आएका व्यक्तिले प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको उनले बताएका छन्। “२०७८-०८-१७ गते बेलुका ६ः३० बजे जनकपुर उपमहानगरपालिका-८ मा रहेको घरबाट केही अपरिचित व्यक्तिहरूले अपहरण शैलीमा लगी मबाट निर्वाचनको कुनै पनि वैधानिक प्रक्रिया नअपनाई आफूखुशी प्रमाणपत्र लिइएकाले ती प्रमाणपत्रहरू रद्द गर्नुका साथै मेरो राजीनामा समेत स्वीकृतिका लागि अनुरोध छ,” मतदान अधिकृत मण्डलले निवेदनमा भनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button