शहिदनगर नगरपालिकाको वडा नं ६ हठिपुर हडवाडा पूर्णखोप घोषणा ।


धनुषाको शहिदनगर नगरपालिकाको एक वडालाई पूर्ण खोप घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोरोनाको त्रासबीच शहिदनगर नगरपालिकाको वडा नम्बर ६ लाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।

नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) र उपमेयर शिला देवी कापरले सँयुक्त रुपमा वडाध्यक्ष रामएकवाल मण्डललाई पूर्ण खोप घोषणाको प्रमाणपत्र प्रदान गरेका हुन् । नगरपालिकाको वडा नं. ६ अन्तगर्तका बालबालिकाहरुलाई अनिवार्य लगाउनुपर्ने खोप पूर्ण रुपमा लागेको भन्दै सो वडालाई पूर्ण खोप घोषणा गरिएको नगर स्वास्थ्य सँयोजक कपिलदेव अधिकारीले जनाए । उनले वडाभित्रका बालबालिकाहरुलाई तथ्याँक अनुसार पूर्ण रुपमा खोप लगाएपछि पूर्णखोप वडा घोषणा गरिएको बताए ।

सिँगो नगरपालिकालाई नै पूर्णखोप घोषणा गर्ने तयारीमा रहेका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले सोही अनुसार नगरको विभिन्न वडामा बालबालिकाहरुलाई नछुटने गरी खोप लगाउने कार्य तीव्र पारिएको बताए । कार्यक्रममा वडाध्यक्ष राम एकवाल मण्डल, स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारी, उपसँयोजक रामसिकिल यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल यादव सहित स्वास्थ्यचौकी प्रमुख लगायत आम नागरिकहरुको सहभागीता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button