निक शिक्षा दीय परियोजनाले नगराइन नगरपालिकामा ल्याएका परिवर्तनहरु के के छन् ?


जनकपुरधाम
वि.स.२०५६ मा आसमान नेपाल नामक गैर सरकारी संस्थाको स्थापना नेपालमा भएको हो ।  आसमान नेपालले मुख्य शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ । देशका विभिन्न जिल्लाहरुमा काम गर्दै आइरहेपनि  यस्को मुख्य केन्द्रबिन्दु  मधेश प्रदेस रहेको छ । क्षेत्रफलको हिसाबले सबै भन्दा सानो र जनसंख्याको हिसाबले देशकै दोस्र जनघन्त्व भएको एकमात्र प्रदेश हो मधेश प्रदेश ।

आसमान नेपालको निक शिक्षा दीय परियोजना धनुषा जिल्लाका चारवटा पालिकाहरु सबैला, गणेशमान चारनाथ,ल्क्ष्मीनीया र नगराइनमा संचालन हुदै आइरेको छ । आज हामीले यस परियोजनाका नगराइन नगरपालीको  पालिका संयोजक ज्योती रत्न सँग तीन वर्षको उप्लब्धी बारे कुरा गरेका केहि अंसहरु तल उल्लेख गरिएको छ । 

तीन वर्ष देखि संचालीत निक शिक्षा दीय परियोजनाले नगराइन नगरपालिकामा ल्याएका परिवर्तनहरु  के के छन् ? 
४ देखि १६ वर्ष सम्मका ९९ प्रतीशत बालबालिकालाई स्कुल भित्र राख्न सफल भएका छौं । 
यस कार्यक्रमले शिक्षा क्षेत्रमा निकै नै ठुलो परिवर्तन ल्याएको छ । गरिव, दलित तथा सिमान्तकृत बालबालिकाहरुलाई ल्क्षत गरेर यो कार्यक्रम ल्याइएको हो र यसको उद्देश्उ अनुरुप नै हामी कार्यगर्न सफल भएका छौं ।
जनप्रतीसनधीहरुले कतिको सघाउनुभयो त ?
नगराइन नगरपालीकाका विभिन्न वार्डहरु जस्तै वार्ड नं. १,२, ५, ६,७ र ८ का वार्ड अध्यक्षहरुले यस परियोजनाको निकै नै प्रशंसा गर्नुभएको छ र साथै वडा स्तरबाट हुने विभिन्न सेवाहरु प्रदान गर्नुभयो । 
कस्ता कस्ता कार्यहरु गनुभयो ?
विद्यालयमा पर्खाल निर्माण, डेस्क बेन्च,कम्पियुटर फोटोकपि गर्ने मेसिन लगायतका समाग्रीहरु बित्रण भएको छ । भरखरै हामीले २०० जना बालबालीकाहरुको जन्मदर्ता बनाउन सफल भएका छौं । 
फरक क्षमताका बालबालिकाहरुलाई पनि विद्यालयमा सहज वातावरन बनाएर राखेका छौं । 
विद्यालय छोडेका बालबालिकाहरुलाइ पनि विद्यालयमा  राखेका छौं । 
जे.सी तालीम छात्रा संजाल गठन  तथा नगराइन नगरपालीका अभिभावकहरुलाई पनि पहिला भन्दा धेरै नै जागरुक बनाएका छौं ।आमा समुह , छात्रा संजाल,बाल संजाल जस्ता समुहरु शिक्षा प्रती धेरै नै चेतनशिल भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button