परीक्षण गरिएकामध्ये झण्डै आधामा कोरोना संक्रमण


काठमाडौं, ३ जेठ । नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको २१ हजार ६ सय ५३ पिसिआर परिक्षणका क्रममा ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

त्यस्तै थप २१४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा पाँच हजार दुई सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ५ हजार ७ सय ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् ।

हाल १ लाख १३ हजार ४८० सक्रिय संक्रमित आइशोलेशनमा र ७०८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख ९२ हजार ६७३ वटा पिसिआर परीक्षण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button