मुख्यमन्त्री शेरधन राईको दम्पत्तिलाई प्रधानमन्त्रीले भेटेर दिए बधाई


काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन् । आइतबार ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग विवाह गरेपछि आयोजित रिसेप्सन पार्टीमा पुगेर प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । 

आइतबार दिउँसो राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका थिए । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो । 

बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका थिए । राई दम्पत्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारीसहितका भीआईपीले विवाहिक जीवनको शुभकामना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button