दोस्रो भूकम्पको केन्द्रबिन्दु पनि लमजुङ, मापन ५.३ रेक्टर स्केल


लमजुङ केन्द्रबिन्दु भएर आजै मात्र दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार लमजुङ केन्द्र बनाएर दोस्रो पटक ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । विहान ८ बजेर २६ मिनेटमा भूकम्प गएको हो । 

आज बिहान पनि लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पले केही ठाउँमा क्षति पुगेका समाचारहरु प्राप्त भएका छन् ।

लमजुङ जिल्लाको बेशिसहर नगरपालिकामा १५ घर भत्किएका छन् भने तीन जना घाइते भएका छन्। 

मर्स्याङ्दीमा पनि भूकम्पले क्षति पुगेको छ। माटोले बनेका पुराना घरहरु भत्किएका हुन् । थप विवरण आउन बाँकी छ ।

आज बिहान ५.४२ बजे लमजुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो। भूकम्प गएको थाह पाए लगत्तै लमजुङमा भागाभाग भएको थियो । त्यसको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button