कांग्रेसको १४ औं महाधिवेशनमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था


काठमाडौं – नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा अगामी भदौमा हुने १४ औं महाधिवेशनमा ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । ‘डिजिटल भोटिङ’ को अवधारणा ल्याइएको बारे मंगलबार कांग्रेसले विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ – विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button