सबैला नगरपालीकामा कार्यक्रम निक शिक्षा दिय ले राम्रो भुमीका खेल्दै


स्मृति मिश्र, धनुषा

नटराज टाइम्स  । शिक्षा बिना मानव जीवन अन्धकार हुन्छ, शिक्षालाई जीवनको ज्योती मानिन्छ ।

सुन्दर समाजको निर्माण गर्न पुर्ण साक्षरता नै मुख्य आधार हो । हाम्रो समाजमा शिक्षाको महत्व बारे अभिभावकहरुमा जनचेतना भए ता पनि विद्यालय न पठाउन मुख्य सम्सया हो भन्नु हुन्छ सबैला न.पा. निक शिक्षा दिय कार्यक्रमका संयोजक सुभाष यादव ।

यस्ता सम्स्याहरुले पुरा देश नै ग्रसीत भएको अवस्थनमा नरवेजियन राजदुतावास द्धारा आसमान नेपालले संचालन गरको निक शिक्षा दिय कार्यक्रमले फडको मार्दैछ ।

धनुषा जिल्लाका सबैला नगरपालीकामा कार्यक्रम निक शिक्षा दिय ले राम्रो भुमीका खेल्दैछ । सिमान्तीकृत र फरक क्षमता भएका बालबालिका सशक्त बनाउदैन पनी देखियो ।

यस कार्यक्रमको मुख्य उद्देश्य बालश्रम मुक्त पालीका घोष्ण गर्ने, बाल मैत्री पालीका बनाउने, बालबालिकाहरु अनिवार्यरुपमा औपचारीक स्कुलमा पठाउने र बालबालिकाहरुको लागी सबै श्रम जोखिमपुर्ण हो, भन्ने समाजमा जनचेतना फैलाउने काम परियोजनाका ठुली दीदीहरुले गर्दैछिन् ।

ठुली दीदीहरुले विद्यालयको सेवा क्षेत्र भित्र घरघरमा गएर प्रत्येक बालबालिकाहरुले गुणस्तरीय शिक्षा हासील गर्नु पर्छ र यसले उनीहरुलाई सर्वाङ्गिण विकासमा मदत गर्छ भन्ने समाजमा सकारात्मक परिवर्तन बारे जानकारी गराउँदैछिन् । फरक क्षमता र सिमान्तीकृत बालबालिकाहरुकोलागी शैक्षिक वातावरण सुधार गर्ने र सरसफाईको आव्श्यक्ता रहेको देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button